तेह्रथुम पावरले बाेलायाे साधारण सभा, यस्ता छन् प्रस्ताव
२८ असोज, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । भदौ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक १७ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सभा बोलाएको छ । सभा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।
सभामा आव २०८१/८२ को सञचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आव २०८१/८२ को वासलात,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ०९:१७













