१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

अपरिचित व्यक्ति वा नम्बरबाट वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश आएको भए सजग रहन आग्रह गरिएको छ ।

यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन् । ती सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्छ ।

त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्छ । यी सबै घटना वित्तीय ठगी भएको र यसबाट सचेत रहन राष्ट्र बैंकले भनेको छ ।

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन र विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : October 14, 2025 at 9:11 am