१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

विद्युत उत्पादन कम्पनीको निमित्त सीईओमा हिरामान वाइबा नियुक्त

२७ असोज, काठमाडौं । विद्युत उत्पादन कम्पनीको निमित्त सीईओमा हिरामान वाइबालाई नियुक्त गरिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)  बखतबहादुर शाहीले राजीनामा दिएपछि वाइबालाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका १० तहका कर्मचारी वाइबालाई सीईओ पदपूर्ति नभएसम्मका लागि जिम्मेवारी दिएको हो। शाहीले स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिनुभएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १७:४६