मधेस प्रदेश सरकारबाट शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
२७ असोज, काठमाडौं । मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिनुभएको छ । शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिनुभएको हो ।
शर्मा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गर्नुभएको हो । यसअघि मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन फिर्ता लिइसकेको छ।
प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १७:३२








