१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाको बैठक आजै दोस्रो पटक स्थगित

१४ माघ, काठमाडाैँ । नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाको बैठक अाजै दोस्रो पटक ३० मिनेटका लागि स्थगित भएको छ ।बैठक सुरु हुना साथ कांग्रेसका सांसदहरु उठेर विराेध जनाएका थिए। त्यस लगत्तै कांग्रेस सांसद बद्रि पाण्डेयले सरकारका कदम प्रति आपत्ति जनाए ।

पाण्डेयले कांग्रेसका दुई पूर्व सभापतिहरुका नाममा रहेका दुई अस्पताल खारेज गर्न लागिएको विषय पुनः उठाएका थिए। उनले सरकारले हालसम्म ति दुई अस्पतालका सम्वन्धमा कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाएका थिए।

यसअघि बसेको राष्ट्रिय सभाका दुई बैठककै अवस्थामा सुधार नभएको उनले बताए ।उनले भने ‘ माघ २ र ७ गतेकै अवस्था छ । यसै अवस्थामा बैठक सञ्चालन हुन सक्दैन।’ प्रतिपक्षदलले संसदलाई प्रभावकारी संसद बनाउन चाहे पनि सरकारी तर्फबाट बलजफ्ती हुन्े गरेको भन्दै विराेध गरे। यसअघि १५ मिनटेका लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १२:२६