९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

४४.२५ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा बन्द भएको छ ।  आज ३३० कम्पनीको ९९ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो।

यसदिन २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । साेमबारनेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन एनआरएन इन्फस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ९१ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १५:२५