सुनको मूल्य किर्तीमानी उचाईमा, प्रतितोला २ लाख ४० हजार नाघ्यो
२७ असोज, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य किर्तीमानी उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत असोज २३ गते हालसम्मकै उच्च छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २ सय कायम भएको थियो । आइतबार भने छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:२१












