१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रचण्डले दुई ट्रक पैसा लुकाएको सूचना दिने पूर्व प्रहरीविरूद्ध उजुरी

२७ असोज, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा लगेर लुकाइएको भन्ने सूचना सार्वजनिक गर्ने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

प्रचण्डको सचिवालयले पैसा लुकाएको कुरा गलत र तथ्यहीनरूपमा प्रचार भएको दाबी गरेको छ । प्रचण्डको सचिवालयले सामाजिक संजालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएको दाबी गरेको छ ।

dainiki.com

प्रचण्डको सचिवालयका तर्फबाट हिजै ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको जनाएको छ ।

प्रकाशित मिति : October 13, 2025 at 11:31 am