१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

हमासले सार्वजनिक गर्यो रिहा गर्ने बन्धकहरूको सूची, छैन विपिन जोशीको नाम

२७ असोज, काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले‍ जनाएको छ। सूचीमा विपिन जोशीको नाम भने छैन।

बीबीसीका अनुसार सार्वजनिक गरिएका सूचीमा रहेका नामहरूमा बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन् ।

प्रकाशित मिति : October 13, 2025 at 11:08 am