प्रि ओपन सेसनमा साढे १७ अंकले बढ्यो नेप्से
२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १७.६५ अंकले बढेर २५२१.०० विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको ७७ पटकको कारोबारमा ४ करोड ९६ लाख ९ हजार ६४७ रुपैयाँबराबरको ९६ हजार ३७३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:०१













