१६ पुष २०८२, बुधबार | Thu Jan 1 2026

शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त

२७ असाेज, काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त हुनुभएकाे छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मारुलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालक तथा प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १०:२०