आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने
२७ असोज, काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : October 13, 2025 at 10:07 am









