एमाले चुनावमा सहभागी नहुने, सरकारविरूद्ध आन्दोलन गर्ने
२६ असोज, काठमाडौँ । नेकपा एमालेले सरकारविरूद्ध आन्दोलन गर्ने भएको छ । तत्काल चुनावमा सहभागी हुने परिस्थिति नभएकाले एमालेले आन्दोलनमा जाने निर्णय भएको पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकपछि जानकारी दिनुभयो ।
उहाँले अदालत खुलेपछि संसद पुनःस्थापनाका लागि रिट हालिने पनि बताउनुभयो । ज्ञवालीले केही सर्त अघि सारेर एमालेले भनेजस्तो वातावरण भए मात्रै चुनाव जान सकिने बताउनुभयो ।
उहाँले बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतान्त्रिक ठहर गर्दै पुनर्स्थापनाको माग गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो “विघटन नै असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्छ,” बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले सरकारले फागुन २१ गते तोकेको प्रतिनिधिसभाको चुनाव गर्ने विश्वासनीय आधार नभएको दाबी गरेको छ ।
एमालेले संसद पुनःस्थापनाका लागि हुने आन्दोलनका लागि केन्द्रीय कमिटी बैठकबाट थप कार्ययोजना अघि सारिने बताउनुभयो ।
प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार २१:०७








