१६ पुष २०८२, बुधबार | Thu Jan 1 2026

मंगलबारदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने

२६ असाेज, काठमाडौं । सर्वोच्च अदालतले  असोज २८ मंगलबारदेखि रिट दर्ता खुला गर्ने निर्णय गरेको छ । सर्वोच्चको आइतबार बसेकाे पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण अदालतको नियमित कामकाज स्थगित गरिएको थियो । त्यसयता अत्यावश्यक र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा बाहेक अन्य कार्य रोकिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १७:४७