२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गरौंः गगन थापा

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने बताउनुभएकाे छ । आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उहाँले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न  आग्रह गर्नुभएकाे छ ।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भन्नुभएकाे छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १७:३१