२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः आकर्षक लक्की ड्र योजना, के छन् उपहार ?

२६ असाेज, काठमाडाैं । यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

दसैंमा अपार सफलता प्राप्त गरेपछि, अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउनेछन्।

केवल दुई हप्ता मात्र बाँकी !

अब ढिलो नगरी, टाटा जेन्युइन पार्ट्स खरिद गर्नुहोस्, लक्की ड्रमा सहभागी बन्नुहोस्, र बजाज पल्सर १५० सिसि जित्ने मौका आफ्नो बनाउनुहोस्

यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउनेछन्।

रु एकलाख भन्दामाथिको सामान खरिदमा लक्की ड्रमार्फत बम्पर उपहार १५० सिसि बजाज पल्सर, ७५ हजार भन्दा माथिको सामान खरिदमा १२५ सिसि टिभिएस स्कुटर, २५ हजार भन्दा माथिको सामान खरिदमा स्मार्ट टिभि र ५ हजारभन्दा माथिको सामान खरिदमा स्मार्ट फोन प्राप्त गर्न सकिने छ । साथै, हरेक खरिदमा रु १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १६:५९