उच्च अंकले घटेको बजारमा यी कम्पनीको सेयर मूल्य बढ्यो
२६ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ को बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो ।
आइतबार नेपाल माइक्रा इन्स्योरेन्सको सेयरमूल्य ६.०१ प्रतिशतले बढेकाे छ । त्यस्तै, यस दिन पन्चकन्या माईको सेयरमूल्य ४.९० प्रतिशत,सिटिजन्स बैंक डिबेञ्चरको सेयरमूल्य ३.९७ प्रतिशत, सिद्धार्थ इक्वाटीको सेयरमूल्य ३.३३ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १५:१६














