११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

नेपाल रिसहित यी झुम्मिए लगानीकर्ता

२६ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ७८.८३ अंकले घटेर २५०३.३५ को बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो ।

आज नेपाल रिको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३८ करोड ७ लाख रुपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी होल्डिङ्गसको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १५:११