९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मुक्तिनाथ कृषि कम्पनीले घोषणा गर्यो लाभांश, हकप्रद पनि जारी गर्ने

२६ असोज, काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि हाल कायम चुक्तापूँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश  (कर प्रयोजनका लागि) रहेका छन् ।

यस्तै बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । कम्पनीले  कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभामा लाभांश र हकप्रद निष्कासनको प्रस्ताव  पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ। यसको अर्थ कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १०:४१