२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सिटी होटलको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

२६ असोज, काठमाडौं । सिटी होटल लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०।८० अनुपातमा रु।१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यसको अर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको इलाम,जाउलाखेल,वीरगञ्ज,पोखरा,बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : October 12, 2025 at 9:36 am