जेनजी आन्दोलनमा गोली हान्ने आदेश दिएकाे थिएनः रमेश लेखक
२४ असोज, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले गत भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रधानमन्त्री वा गृहमन्त्रीले गोली हान्ने आदेश नदिएको बताउनुभएको हो ।
लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १६:२८








