टोखामा एक युवकको हत्या, २ जना पक्राउ
२४ भदौ, काठमाडौं । टोखामा एक जनाएको हत्या भएको छ । टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको छ ।बादविवादको क्रममा उनीहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो ।
पक्राउ परेकाहरुमाथि हत्या आरोपमा अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ ।
प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १२:३३












