१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

सेन्चुरी इनर्जीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२४ असोज, काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत ९कर सहित० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाडौंमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले पारित गरेपछि सेयरधनीहरु लाभांश पाउनेछन् ।

कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ११:५२