२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नागरिकता छानविनका लागि आयोग गठन गर्ने प्रस्तावमा नेपाली कांग्रेसको असहमति

३ माघ, काठमाडाैँ । नागरिकता छानविनका लागि आयोग गठन गर्ने प्रस्तावमा नेपाली कांग्रेसको असहमति जनाएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले ऐनमै नागरिकता छानवीनका लागि आयोग गठन गर्ने प्रस्तावको विरोध गरेको हो ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसले आयोग गठन गर्न नहुने भन्दै आपत्ति जनाएको हो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा आयोग गठनको व्यवस्था राखिएकोमा कांग्रेसले अापत्ति जनाएको हो ।

कांग्रेसका सांसद भरतकुमार साहले अायोग गठन गर्ने विषय कानूनमै उल्लेख गर्न आवश्यक नरहेको भन्दै त्यसको विरोध गरे । समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि विधेयकमा आपत्ति जनाएका छन । उनले पनि नागरिकता छानविनको अावश्यकता नरहेको बताए । विगतमा कांग्रेसले लखाैँ भारतीयलाइ नागरिकता बाँडेको अारोप लाग्दै अाएको बेलामा कांग्रेसले छानविनको विषय अस्वीकार गर्नुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार २०:०७