२४ भदौ २०८३, बुधबार | Thu Sep 10 2026

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

२४ असोज, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

उक्त मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : October 10, 2025 at 9:13 am