३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

नेप्सेमा एक बैंकको सेयरमूल्य समायोजन

२४ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कारोबार भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ७१७ रुपैयाँका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो।  यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा बैंकको सेयर कारोबारा खुल्नेछ।

प्रकाशित मिति : October 10, 2025 at 9:02 am