२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

इलाम संकटग्रस्त क्षेत्र घोषणा

२३ असोज, काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १७:२१