जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार
२३ असाेज, काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् ।
आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि छुट्टै राजनितिक दल खाेल्नुपर्ने बताएका हुन् ।
जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरुको भनाई छ । उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । साथै, उनीहरुले भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि माग गरेका छन् ।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १६:५२












