२७ माघ २०८२, मंगलवार | Wed Feb 11 2026

कुलमानले गरे टियु क्रिकेट मैदानको अनुगमन

२३ असोज, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ ।

बिहीबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको क्रिकेट रंगशालाको अनुगमन गर्नुभएकाे हाे । उहाँलाइ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १६:१९