१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

२२.५९ अंकले बढ्यो नेप्से, कारोबार रकम भने सामान्य घट्यो

२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से २२.५९ अंकले बढेर २५८२.१८ को बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोडको कारोबार भएको हो ।

बिहीबार शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज कुल २७ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस दिन विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। थ्रिस्टा हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:२२