१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से २२.५९ अंकले बढेर २५८२.१८ को बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोडको कारोबार भएको हो ।

बिहीबार शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज कुल २७ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन युनियन हाइड्रोपावरको २७ करोड १२ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २० करोड सात लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड ७१ लख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:१७