१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

अन्तिम कारोबारको दिन यी कम्पनीको सेयर मूल्य बढ्यो सर्वाधिक

२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से २२.५९ अंकले बढेर २५८२.१८ को बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोडको कारोबार भएको हो ।

यस दिन विन्ध्यवासिनी हाइड्रोपावरको सर्वाधिक ८.२१ प्रतिशतकाे सेयर मूल्य बढेको छ ।  त्यस्तै, यस दिन एशियन हाइड्रोपावरको सेयर मूल्य ५.५४ प्रतिशत, एमबिएल इक्विटी फण्डको सेयर मूल्य ४.८२ प्रतिशत र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.१५ प्रतिशतले  बढेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:१३