२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनूः ओली

२३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार सँग डराएर नभाग्ने बताउनुभएकाे छ । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले  सुशीला कार्कीको डरले केपी ओली नभाग्ने जनाउँदै अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिनुभएकाे हाे ।

‘सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?,’ उहाँले भन्नुभयाे, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’ साथै उहाँले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी समेत दिनुभएकाे छ ।

प्रकाशित मिति : 14:50