२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

सरकारबाट बाहिरिए पनि जनताको हृदयमा एमाले छः शंकर पोखरेल

२३ असोज, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाट हटाए पनि पार्टी जनताको हृदयमा रहेको बताउनुभएको छ । बिहीबार गुण्डुमा एमाले भक्तपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले जनताको मनबाट एमालेलाई कसैले अलग गराउन नसक्ने दाबी गर्नुभएको हो ।

“अहिले हामी सरकारबाट बाहिरिएका छौँ । जनताको हृदयमा एमाले छ । जनताको हृदयबाट कसैले अलग गराउन सक्दैन,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १३:३८