राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति संगीतासहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२३ असोज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा।डा संगीता सिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसनुसन्धान आयोगले प्रा.डा भण्डारीसहित १३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ । भण्डारी पूर्वश्रममन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् ।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १३:२८












