जेनजी आन्दोलनः २३ अर्ब २२ करोडकाे पर्यो बीमा दाबी
२३ असाेज, काठमाडाैं । जेनजी आन्दोलबाट क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका क्षति बापत असोज २२ गतेसम्म कुल २३ अर्ब २२ करोड ८७ लाख रूपैयाँको दाबी परेको हाे ।
१४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा बीमा दाबी परेको हो। यसरी परेको कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख रूपैयाँ भुक्तानी भएको छ।
निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएका छन्।हालसम्ममा सर्भेयरहरूले तीन सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेका छन्।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:३८












