१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

पहिलो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

२३ असोज, काठमाडौं । पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियाे । त्यसपछि खुलेको बजार सम्हालिएको हो । ११ : ५० बजेसम्म नेप्से ६३.३० अंक बढेर २६२२.८९ काे बिन्दुमा पुगेकाे छ ।

अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा आज सकारात्मक संकेत देखिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:५१