नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
२३ असाेज, काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ।
नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ ।
प्रकाशित मिति : October 9, 2025 at 11:08 am









