४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

प्रि ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से

२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २६.१३ अंकले बढेर २५८५.७२ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १२१ स्टकको २८२ पटकको कारोबारमा १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँ २० पैसाबराबरको ३८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:55