नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
२३ असोज, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर असोज २२ गते बाँडफाँड भएको हो ।
बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको असोज ९ गते खोली रुजु गरी बाँडफाँड गरेको निष्कासनकर्ता कम्पनी एनआईएमबि एस क्यापिटलले जनाएको छ । कम्पनीले संस्थापक समूहको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख ९२ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।
संस्थापक समूहको(लकइनमा रहेको)सेयरको कटअफ मूल्य १२६ रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य ५०३.४३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १०:१५













