१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

राष्ट्र बैंकले गर्यो दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

२३ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ। राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकाे ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि. को लाइसेन्स रद्द गरेको हो।

यी दुई कम्पनीहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेको बैंकले जारी गरेकाे सूचनामा  जनाइएकाे छ ।

उक्त विनियमावलीमा म्याद समाप्त भएको मितिले तीन महीनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ। कम्पनीहरूले सोही बमोजिम नवीकरण नगरेपछि लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति : October 9, 2025 at 9:59 am