२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

गुण्डुमा केपी ओलीका लागि दोस्रो चियापान, एमाले भक्तपुरको व्यानर उपयोग हुँदै

२३ असोज, काठमाडौँ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीका लागि भक्तपुरको गुण्डुमा दोस्रो चियापन कार्यक्रम हुँदैछ । यसअघि राष्ट्रिय युवा संघको व्यानरमा कार्यक्रम भएको थियो भने आज एमाले भक्तपुरको व्यानर उपयोग गरिदैछ ।

पार्टीले सम्पूर्ण शक्ति लगाएर बढी भन्दा बढी उपस्थित गराउने तयारी गरेको छ । केही दिनअघि महासचिव शंकर पोखरेलले च्यासलमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यालयमा जनसंगठनका अध्यक्षहरूलाई बोलाएर सकेसम्म बढी मानिसहरू गुण्डुमा उपस्थित गराउन निर्देशन दिनुभएको छ । उहाँले कम्तिमा पनि चार पाँच हजार मानिस चियापानमा उपस्थित गराउन निर्देशन दिनुभएको थियो ।

dainiki.com

इन्चार्जहरू बिना सिधै महासचिवले जन संगठन चलाउन खोजेको भन्दै पार्टी भित्र अर्को असन्तुष्टि उत्पन्न भएको छ । महासचिवको उक्त कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र संगठन विभागका सचिव माधव ढुंगेल उपस्थिति हुनुहुन्थ्यो भने बाँकी जनासंठनका अध्यक्ष र प्रतिनिधि सहाभागी हुनुभएको थियो ।

इन्चार्ज मार्फत जनसंगठन चलाउँदै आएको एमालेले महासचिवले सिधै बोलाएर अध्यक्षहरूलाई निर्देशन दिएको भन्दै धेरै असन्तुष्टि जनाएका छन । महासिचवले सकेसम्म धेरै मान्छे उपस्थित गराउने प्रत्यत्न गर्न निर्देशन दिनुभएको थियो ।

एमाले भक्तपुरको व्यानरमा बिहान ११ बजे तिथली चोक, गुण्डुमा कार्यक्रम हुनेछ । पार्टीको केन्द्री कमिटी बाहेक सबै कमिटीबाट बहुमत गुमाएका ओली अनेक गरेर नेतृत्वमै रहने प्रयासमा रहेका छन । सम्भवतः असोज २४ को सचिवालय बैठक र त्यसपछिको केन्द्रीय कमिटी बैठक पनि तत्काल सर्न सक्ने बुझिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०८:४८