२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

देउवाले अझै सुरक्षित ठानेन् आफूलाई, कांग्रेस बैठकमा सहभागी नहुने

२३ असोज, काठमाडौँ । सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नजाने हुनुभएको छ । देउवा पार्टीको बैठकमा नजाने भएपछि अब पूर्णबहादुर खड्काले कांग्रेसका बैठक चलाउने हुनुभएको छ ।

बिहीबार दिँउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको र आज जेनजी विद्रोहपछि पहिलो पटक देउवा सार्वजनिक हुने बताइएको थियो तर उहाँको स्वकीय सचिव भनु देउवाले बैठकमा देउवा नजाने जानकारी दिनुभएको छ ।

dainiki.com

अब पदाधिकारी बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गर्नुहुनेछ । ललितपुरको कुपण्डोलमा कांग्रेसको बैठक हुँदैछ । जेनजी विद्रोहमा कुटपिटमा परेका देउवाले असुरक्षित महशुष गरेर बैठकमा नजाने निर्णय गरेको बुझिएको छ । असोज २६ मा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ०८:२५