२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति भवनमा भेटवार्ता

१३ माघ, काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति भवन, शीतलनिवासमा भेटवार्ता भएको छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीको स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र स्वीट्जरल्याण्डसँग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १७:४५