राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ
२२ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। गत भदौ २४ भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट गरेको थिए ।
चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित बैंकले प्रहरीमा उजुरी गरेको थियो । सोही फुटेजका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १७:४०












