पोखरा लिची बारी जग्गा प्रकरणः पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
२२ असोज, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत ७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य पोखराको तत्कालिन प्रमुख रामचन्द्र अधिकारी, घर जग्गा व्यवसायी/विचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन,यमकुमारी गुरूङ,तुल्सीराम बुढामगरविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा गरेको हो।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १६:२०












