९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ को बिन्दुमा बन्द भएको छ । आज ३३५ वटा कम्पनीहरुको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 बुधबार कुल २३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १८ वटाको मात्र बढेको छ । आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को सेयरमूल्य ७.०९ प्रतिशत, १०% एनआईएमबी डिबेन्चर २०९० को ६.४८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०३ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको ४.७६ प्रतिशतले सेयरमूल्य बढेको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:१६