९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ को बिन्दुमा बन्द भएको छ । आज ३३५ वटा कम्पनीहरुको १ करोड ३७ लाख ४९ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 बुधबार कुल २३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १८ वटाको मात्र बढेको छ । यस दिन नेपाल रिको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २६ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तैगरी, यस दिन युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ, सिनर्जी पावरको साढे २२ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:१२