बाढीपहिरोले भत्किएका घर बनाइदिने कोशी सरकारको निर्णय
२२ असाेज, काठमाडाैं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै प्रभावित परिवारका घर बनाइदिने निर्णय गरेको हो।
विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। बैठकले घरहरूको विस्तृत विवरण संकलन र निर्माण कार्यलाई सँगसँगै अघि बढाउने निर्णय पनि गरेको छ।
त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:००








