१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

बलेफी हाईड्रोपावरको सञ्चालकमा दिनेश डंगोल नियुक्त

२२ असोज, काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश डंगोल नियुक्त हुनुभएको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डंगोललाई रिक्त रहेको सञ्चालक पदमा आगामी साधारण सभाबाट अनुमोदन गर्नेगरी नियुक्त गरेको हो ।

यस्तै बैठकले यसअघिका सञ्चालक योगेश दारुकाको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १४:५२